केमिस्ट्री लव (Chemistry Love)

Posted on : 21 April 2019
Views : 1668

Cupper जस्तै निला आँखा उसका
Cob बत्ती जस्तै गुलाबी ओठ उसका 
बोली उसको Glucose जस्तै मिठो
Ester जस्तै सुगन्ध उसको

 

पहिलो भेटमै नजर मिल्यो
Reversible Reaction भयो  
Love भन्ने Chemical को  
Production भयो ।
 

Water थिएँ कतै हाम्रो Concentration
बिग्रेला भनी उसलाई भनिन 
मोरी त Sodium परिछ
पहिलो भेटमै झन्डै मारिन 
कस्तो गाह्रो पर्यो Covalent Bond
उसँग बनाउन सकिएन
उ त Highly Reactive रैछ
नजिक पर्न सकिएन
जब थाहा पाई
Ignition Tube मा भाको Sodium झैँ
उ भएको रही
आज मेरै साथी Electric Current सँग
Combine भएर उ चम्की रही
आज म Unsaturated Hydrocarbon
जस्तै भाको छु
आवारा Hydrogen जस्तै यता उता भौंतारीराको छु

प्रतिमा रेग्मी

कक्षा - १२