Posted on : 26 March 2024
Views : 342
आकाश मेरो यो सिङ्गो छत्र
फुलेका फुल छन पत्र पत्र ।
सुगन्धित समीर यो मन्द मन्द,
बोकेर आयो पुष्पको गन्ध ।
फक्रिन थाले सब फुल थरी,
हर्षमा रमायो त्यो बनकी चरी ।
भएर सब लोक हरा र भरा,
पुष्पको परागमा तैरिन वसुन्धरा ।
किटपतङ्ग रमाइ गाएछन् गीत,
तिम्रै स्वरुपसँग लगाइ मीत ।
क्या राम्रो चम्पा क्या राम्रो बेली,
मान्दैन मन तिमीसँग नखेली ।
देव आइ नाच्लान बजाइ मृदङ्ग,
मनमा आउला नविन उमङ्ग ।
कविले खोज्लान् नयाँ नयाँ छन्द ,
मौरीले खोज्लान यो नयाँ गन्ध ।
रम्दछ मन जाँदैन अन्त,
आगमन हुँदा ऋतुराज वसन्त ।
उच्च तिम्रो पद उच्च तिम्रो छवी,
मिठो हानालुछी ग्लान संसारका कवि ।
(Angels' Voice, Vol. 11)

एन्जिना पुन
कक्षा ११, धौलागिरी