Posted on : 27 March 2024
Views : 1205
म युद्ध भुमिमा जवान जस्तै, भाग्यसँग लडी रहे,
जो मनको घाउ ठिक पार्दा पार्दै, डाक्टर भन्दा बढी भएँ ।
पिडा लुकाइ मनमा सधैं, ओठमा हाँसो भरी रहेँ,
यी ओस्कार पाउनेहरूको भन्दा, राम्रो मेरो अभिनय ।
जो आउँछ बजाउँछ, म मादलको खरी भए,
म गुलेलीको चोट सहेर, उडिरहेको चरी भएँ ।
म जीन्दगीको सागर चड्न, पर्वतारोही सरी भएँ,
तर जथि अघि बढी रहे, म त्यत्ति पछि झरी रहे ।
म ऋषिमुनीको शरापले, कुरुप भएको परी भएँ,
जीन्दगीकव ऐना हेर्दा, हरेक पल्ट मरी रहेँ ।
म सहि छु कि गलत भन्दै, आत्म विवाद गरि रहेँ,
तर आफ्नै मनको अदालतमा, साला वकिल सरि भएँ ।
म जीन्दगीको जहाज भित्र, पाइलट जस्तै बनि रहेँ,
उडान भर्ने आशामा सधैं, एकै ठाउँमा अडिरहेँ ।
कहिले अरबौका सपना बोकी, संसारकै धनी भए,
कहिले खल्तीमा १०० को खुल्ला हुँदा, २०० पटक गनिरहेँ ।
(Angels' Voice, Vol. 11)

सन्तोष खनाल
कक्षा ११, धौलागिरी