गुरु

Posted on : 29 March 2024
Views : 1073

गरु भन्ने शब्द गु माने अन्धकार तथा रु माने प्रकाश भन्ने बुझ्न सकिन्छ । यो आँफैमा यसतो महान् शब्द हो, जसरी मैनबत्ती आँफु पग्लेर चारैतिर प्रकाश छर्दछ । गुरुले पनि आफ्ना कठिनलाई र प्रतिफलताको बाबजुत शिष्यको उपकार, भलाई र सार्थक जीवनको लागि अनवरत रुपमा लाग्ने शब्द हो गुरु, समय र परिस्थति  अनुसार गुरुको परिचय फरक भएपनि मानिसलाई असल नैतिकवान र असल बाटोको मार्ग निर्देश गर्ने शब्दको नाम हो गुरु ।

हामी सबैले एकपल्ट गुरुलाई सफा हृदय चित्र राखेर हेर्‍यौ भने पनि जीवन सार्थक र सफल निःसन्देह छैन । असफलतबाट सफलता, अज्ञानबाट ज्ञान, अन्धकारबाट उज्यालोमा पुग्न गुरु विना सम्भव कदापी छैन । हामीले पौराणीक काल खण्डका घट्ना र महान् धार्मिकग्रन्थ अध्ययन गर्दा रामायणमा राम हुनु, महाभारतमा विश्‍व विख्यात गर्दा धर्नुधर अर्जुन हुनु, कृष्ण हुनु भिष्म भिष्म बन्नु यी सबै गुरुका कारण मात्रै संभव भएका हुन् ।

गुरु जसको महत्त्व र आवश्‍यकता भगवान भन्दाकम छैन । एक निर्जिवलाई पनि सजिव बनाउन सक्ने तागत गुरुसँग हुन्छ । गुरुको साथ मार्थनिर्देशन र आशिर्वादले सदैव शिष्यको कल्याण हुन्छ ।

त्यसैले गुरु शब्दको यति महत्त्व र खाँचो छ कि मुटु विना शरिर जिवित रहन सक्दैन मानव भएर बाँच्न सकिदैन । हामी जति उच्चतम् वौद्धिक विकाश नैतिक मुल्यवान समाज र सबैतिर शान्ति सद्भाव छरेर बाँच्न सक्छौ कि त्यो बेला गुरु प्रति समर्पित हुन्छौ । गुरु त्यो महान शब्द हो जसको वर्णन जति गर्‍यो त्यतिनै कम हुन्छ । जसलाई लोटाबाट समुन्द्रको पानी ल्याउँदा कुनै फरक पर्दैन । त्यसतै गुरुको वर्णन सम्मान श्रद्धा जति गरे पनि बढी हुँदैन । गुरु भन्ने शब्द उच्चारण गर्दा सुन्दा  र लेख्दामा मात्रै पनि हृदय शितल हुन्छ । उतिनै मन मस्तिष्क सकरात्मक शक्ति बढ्दै गइरहेको हुन्छ । गुरु शितलता विवेश पथ प्रर्दशक, प्रकाश, ज्ञान सबै गुरु हुनुहुन्छ । मृतलाई सजिव बनाउने अन्धकारलाई प्रकाश बनाउने, अलपत्रलाई गन्तब्यमा पुराउने सबै काम गुरुबाट मात्रै सम्भव छ । त्यसैले गुरु विना जिवन असंभव निराश र अन्धकार हुन्छ ।

त्यसैले हो गुरु बारबार गुरुप्रति सा साधा नमन श्रद्धा, कृतज्ञ ऋणी छु । सधै गुरुको प्रेरणा, पथप्रदशक र आशीर्वाद मागी रहन्छु । जय गुरु । नमन गुरु ।

(Angels' Voice, Vol. 11)

सदीक्षा लौडरी

कक्षा ११, धौलागिरी