केमिस्ट्री लव (Chemistry Love)

Posted on : 21 April 2019
Views : 3041

Cupper जस्तै निला आँखा उसका
Cob बत्ती जस्तै गुलाबी ओठ उसका 
बोली उसको Glucose जस्तै मिठो
Ester जस्तै सुगन्ध उसको ।

 

पहिलो भेटमै नजर मिल्यो
Reversible Reaction भयो  
Love भन्ने Chemical को  
Production भयो ।
 

म Water थिएँ कतै हाम्रो Concentration
बिग्रेला भनी उसलाई भनिन 
मोरी त Sodium परिछ
पहिलो भेटमै झन्डै मारिन 
कस्तो गाह्रो पर्यो Covalent Bond
उसँग बनाउन सकिएन
उ त Highly Reactive रैछ
नजिक पर्न सकिएन
जब थाहा पाई
Ignition Tube मा भाको Sodium झैँ
उ भएको रही
आज मेरै साथी Electric Current सँग
Combine भएर उ चम्की रही
आज म Unsaturated Hydrocarbon
जस्तै भाको छु
आवारा Hydrogen जस्तै यता उता भौंतारीराको छु ।

प्रतिमा रेग्मी

कक्षा - १२