कस्तो देशमा बाँचिएछ (गजल)

Posted on : 21 April 2019
Views : 2320

डर धम्की त्रास देखाई कम्जोर विवश पारिएछ
आज अर्को अस्मिताको अस्मितालाई मारिएछ

सफलताको हजार सपना बुन्दै फेरि मनभित्र
फुल्ने मन थियो उनलाई पनि कोपिलामै झारिएछ

दोषीलाई सजाय र पिडितलाई न्याय माग्दा
छैन सजाय दोषीलाई निर्दोषमाथि सारिएछ

हरेक दिन हिंसा यहाँ न शान्ति छ न सुरक्षा
धिक्कार लाग्छ आजभोलि कस्तो देशमा बाँचिएछ

अनु पोखरेल

कक्षा- १२