भानुभक्त आचार्य

Posted on : 14 July 2019
Views : 2658

तनहुँको रम्घा चुँदी कति राम्रो गाउँ ।
त्यही जन्मे आदिकवि भानुभक्त नाउँ ।।
दौरा सुरुवाल बिर्के टोपी देख्दै कति राम्रो ।
भाषा बाँच्यौ युगौँसम्म शान रहोस् हाम्रो ।।

कति मीठो रामायण लाग्छ पढूँ पढूँ ।
जिन्दगीमा संधैभरि अघि बढूँ बढूँ ।।
घुम्दै जाँदा भानुभक्त गुरु मान्यौ घाँसी ।
कीर्ति राख्न रामायण लेख्यौ हाँसी हाँसी ।।

नेपालको उन्नति होस् सधै माथि माथि ।
बाँचिरहोस् हाम्रो भाषा र नेपाली जाति ।।
भाषा हाम्रो सभ्यता हो संस्कृतिको सार ।
उदय र उन्नतिको आधार अपार ।।

तुलसा न्यौपाने

कक्षा : १२