Love You Baba

Posted on : 30 August 2019
Views : 3074

आफ्नो हातमा हलो राखेर मेरो हातमा कलम ठमाईदियौ
सँधै भरि दुख गर्यौ र पो मलाई आज लायक बनाइदियौ
बाबा
कहाँ भुल्न सक्छु र त्यो दिन
जुन दिन तिमीले आफ्नो पेट भोको राखेर मेरो पेट भरिदिएको थियौ
आउँथे होला दुखका दिन तिमीलाई पनि
तर मेरो लागि सँधै हाँसी रह्यौ
मनमा पिर टाउकोमा ऋण अनि हातमा मायाको साथ राखेर
मलाई आज यस लायक बनायौ।

म मेरो कोठामा साथीहरुसँग रमाइलो गर्दा
तिमी ढोकामा बसेर हेरी रहन्थ्यौ
मलाई चाहिने कापी कलम ल्याउनको लागि
तिमी दिनभरी काम गरी रहन्थ्यौ
मनमा पिर भएतापनि सँधै हाँसी रहन्थ्यौ
दिनभरी काम गरेर पसिना बगाउँथ्यौ र पो आज मलाई यस लायक बनायौ।

डर लाग्छ मलाई कहिलेकाँही
कतै तिम्रो शिरको टोपी फेर्न सक्दिन कि
कतै तिम्रो हलोमा रहेको पुरानो फाली फेर्न सक्दिन कि

बाबा
सपनामा देख्ने गर्छु
सँधै तिम्रो निधारमा पसिना अनि आँखामा आँशु
कतै तिम्रो ओठमा हाँसो ल्याउन सक्दिन कि
जुन दिन तिम्रो ओठमा हाँसो ल्याउन सक्छु
सम्झनु तिम्रो छोरा थियो भनेर
नत्र सम्झनु तिम्रो कुनै छोरा थिएन भनेर।

सूर्य पौडेल

कक्षा : १२