२०७६-०९-०८, मंगलवार
एञ्जल्स् हार्ट कलेजद्वारा विद्यार्थीहरुको चौतर्फी विकास होस् भन्ने अभिप्रायले वार्षिकरुपमा संचालित खेलकुद सप्ताह २०७६ आज हर्षोल्लासपूर्ण रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा करीब १५ भन्दा बढी खेलकुदका विभिन्न विधामा २५० भन्दा बढी विद्यार्थी भाइबहिनीहरुले सहभागिता जनाएका थिए । पुरस्कार वितरण समारोहमा संस्थाका कार्यकारी अध्यक्ष श्री लिल बहादुर पुनले विद्यार्थी भाइबहिनीको खेलप्रतिको लगाव र क्षमतालाइ सम्मान गर्दै आगामी दिनहरुमा देश र राष्ट्रको लागि अनुशासित भई खेलकुदका साथै पढाइ लेखाईमा उत्कृष्ट गर्ने आशा व्यक्त गर्नु भयो । कार्यक्रममा NICE TV HD का CEO आशिर्वाद पुन प्रमुख अतिथिको रुपमा आमन्त्रित हुनु भएको थियो र साथै ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्दै खेलाडीहरुलाई बधाई तथा धन्यवाद दिनु भयो ।
यस्ता कार्यक्रमको आयोजनाले विद्यार्थीहरुमा अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउने र आपसी सम्बन्धलाई अरु प्रगाढ बनाउने कुराको विद्यार्थीहरुले प्रतिक्रिया दिए ।
-एञ्जल्स् हार्ट कलेज प्रशासन
