Posted On : 12 July 2020
Views : 7812

Prakash Kshetri

म्याग्दी जिल्ला धवलागिरी गा. पा. वडा न. ६, मराङ साविकको मराङ गा. वि. स. -३ कल्लेनी स्थायी घर भई हाल यस एञ्जल्स् हार्ट कलेजमा अध्ययनरत अति मिलनसार वर्ष १८ को विद्यार्थी भाइ प्रकाश क्षेत्री (बाबा भक्त बहादुर क्षेत्री र आमा जानकी क्षेत्री) को मिति २०७७/०३/२५ गते राति भएको भारी वर्षाको कारणले गएको बाढी पहिरोमा परी असामयिक निधन भएको छ । यस घटनाले एञ्जल्स् हार्ट कलेज परिवारलाई अत्यन्तै मर्माहत बनाएको महसुस गर्दै सबै शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै उनी लगाएत उक्त प्राकृतिक प्रकोपमा म्याग्दी मराङ् तथा बिम लगाएत देशैभरिबाट ज्यान गुमाउने सबै मृतात्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

- विद्यालय/कलेज परिवार