एञ्जल्स् स्पोर्ट्स एकेडेमी एण्ड रिक्रिएशन सेन्टर मैनमैँजु काठमाण्डौंको आयोजनामा एन्जल्स हार्ट स्कुल/कलेजको प्रमुख प्रायोजनमा मुलुककै सर्वाधिक राशीको अन्तर विद्यालय स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अगामी जेठ १५ गतेदेखि आयोजना गरिएको छ ।
प्रतियोगितामा देशभरका ८० भन्दा बढी विद्यालयहरुको सहभागिता रहने छ । बिद्यालय स्तरमा मुलुककै सबै भन्दा ठुलो प्रतियोगिताको रुपमा आयोजना गरिएको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पाउने छन । एक हप्ता चल्ने प्रतियोगिताको उपविजेताले ५० हजार, तृतीय हुने टोलीले २५ हजार तथा सान्त्वना पुरस्कारका रुपमा १५ हजार रुपैयाँ दिइनेछ ।
यस्तै विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट प्रशिक्षकलाई समान ५/५ हजार रुपैयाँ पुरस्कार दिइने छ ।
कुल १८ लाख अनुमानित बजेट रहेको प्रतियोगिताको पुरस्कारमा ५ लाख रुपैयाँ भन्दा बढि खर्च हुने छ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने भएका छन् ।
प्रतियोगितामा उपत्यका बाहिरका करिब २५ देखि ४० टिमको सहभागिता हुने छन । उनीहरुको बसोबास तथा खाना खर्च आयोजकले बेहोर्ने छ ।

आयोजक
