एन्जल्स हार्ट एजुकेशन फाउन्डेसनद्वारा नियमित कार्यक्रम अन्तर्गत यस वर्षको SEE सम्मिलित विद्यार्थीहरुको निम्ति छात्रवृत्ति परीक्षा यही जेष्ठ २८ देखि ३१ गतेसम्म संचालन गरी सम्पन्न गरियो। उक्त छात्रवृत्ति कार्यक्रम धौलागिरी अञ्चल अन्तर्गत बाग्लुङ जिल्लाको गोल्डेन गेट इन्स्टिच्युट बाग्लुङमा १४० जना, धौलागिरी मोर्डन इन्स्टिच्युट बाग्लुङमा ५० जना, म्याग्दी बेनीमा ५० जना र त्यस्तैगरि पर्वत कुश्माको अक्सफोर्ड इन्स्टिच्युटमा ७५ जना विधार्थीहरु गरी करिब ३५० जनाले छात्रवृत्ति कार्यक्रममा भाग लिएका थिए। उक्त कार्यक्रममा बोल्दै विद्यामन्दिर बाग्लुङका शिक्षक थानेन्द्र गौतमले विद्यार्थीहरुका लागि यो कार्यक्रम एउटा सुवर्ण अवसर भएको बताउनु भयो। त्यसैगरी गोल्डेन गेट इन्स्टिच्युटका एम. डी. नेत्र बिस्टले संस्थाले यस्तो किसिमको अवसर प्रदान गर्नु विद्यार्थीहरुको लागि ठूलो मौका रहेको र छात्रवृत्तिको कोटा आउँदा दिनहरुमा अरु बढाउंदै लैजानु पर्ने धारणा राख्नु भयो।
छात्रवृत्ति कार्यक्रम संस्थाका भाइस प्रिन्सिपल तथा कार्यकारी निर्देशक श्री दिल बहादुर बुढाथोकी साथै अर्का कार्यकारी निर्देशक श्री यम बहादुर छन्त्याल ज्यूको टिमले सम्पन्न गरेको थियो। यस कार्यक्रम बारे बोल्दै निर्देशक यम बहादुर छन्त्यालले भन्नु भयो, ‘शिक्षाको क्षेत्रमा लागेका हामीहरुले गरिब, जेहेन्दार विद्यार्थीहरुलाई छनौट गरि उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने हाम्रो कर्तव्य ठान्यौं र निरन्तररुपमा यस कार्यक्रमलाई सन्चालमा ल्याएका छौं।‘
उक्त परीक्षामा सम्मिलित विद्यार्थीहरुको उत्तर पुस्तिका इन्कोडिङ भइरहेको र SEE रिजल्ट हुनु भन्दा अगावै परिक्षण गरिने र SEE रिजल्टको GPA को पनि मुल्यांकन गर्दै प्रथम स्थानका १ छात्र र १ छात्रालाई पूर्णरुपमा छात्रवास सहित छात्रवृत्ति उपलव्ध गराइने विद्यालयका भाइस प्रिन्सिपल दिल बहादुर बुढाथोकीले बताउनु भयो।
यस कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा संस्थागत तर्फबाट हार्दिक आभार प्रकट गर्दछ।








- छात्रवृत्ति परीक्षा संचालन समिति
