Posted On : 27 July 2019
Views : 3791

२०७६-०४-११ गते शनिवार


आजको दिनमा यस शैक्षिक सत्र २०७६/७७ को लागि विभिन्न संकायमा भर्ना हुनु भएका नव आगुन्तुक विद्यार्थी भाइबहिनीहरुका लागि कलेज सम्बन्धी सम्पूर्ण जानकारीका लागि अभिमुखीकरण कार्यक्रम २०७६ सम्पन्न गरिएको छ। कार्यक्रममा करिब १३० जना विभिन्न संकायमा भर्ना भएका विद्यार्थीहरुको उपस्थितिमा योग शिक्षिक श्री सुवर्ण लाल चित्रकारद्वारा motivational speech रहेको थियो। साथै संस्थाका सल्लाहकार प्रा.डा. हुम बहादुर बरुवाल प्रमुख अतिथीमा आमन्त्रित हुनु भएको थियो भने संस्थाका कार्यकारी अध्यक्ष श्री लिल बहादुर पुन ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका कोअर्डिनेटर रमेशराज अधिकारीबाट कलेजको system बारे बोल्नु भयो भने विद्यालय प्रिन्सिपल श्री धन बहादुर पुनद्वारा पनि विशेष मन्तव्य रहेको थियो। यस कार्यक्रमबाट विद्यार्थीहरुलाई कलेजको बारेमा छर्लङ्ग रुपमा जानकारी भएको बुझिएको छ। कार्यक्रम संस्थाका भाइस् प्रिन्सिपल श्री दिल बहादुर बुढाथोकीले सञ्चालन गर्नु भएको थियो। कार्यक्रममा थप रौनकताका लागि कक्षा १२ का विद्यार्थीहरुबाट गजल तथा कविताहरु पनि प्रस्तुत गरिएको थियो।

OP 1

OP 2

OP 3

OP 4

OP 5
- कलेज प्रसाशन