Posted On : 18 December 2019
Views : 2425
विद्यार्थी भाइबहिनीहरुको चौतर्फी विकासलाई ध्यानमा राखी वार्षिकरुपमा विद्यालय/कलेजको यही मङ्सिर २९ गतेबाट सप्ताहव्यापी खेलकुद कार्यक्रमहरु आयोजना गरिएको छ। यस खेलकुद सप्ताहमा बिद्यार्थीहरुको इच्छा र चाहनालाई ध्यानमा राख्दै फुटबल, बास्केटबल, भलिबल साथै एथलेटिक्सका विभिन्न विधाहरु गरी करिब २० भन्दा बढी खेलहरु आयोजना गरिएको र विद्यार्थीहरुले सक्रिय सहभागिता जनाएका छन्। खेलकुद सप्ताहको पहिलो दिन पुरुष भलिबलको यस संस्थाका स्नातक तहका प्रिन्सिपल प्रा. डा. लोकेन्द्र शेरचनद्वारा उद्घाटनका साथै आरम्भ भएको थियो। यस कार्यक्रम आउँदो आइतबार हर्षोल्लासपुर्वक सम्पन्न हुनेछ।










- कलेज प्रशासन
