Posted On : 20 December 2019
Views : 2736

मिति- २०७६-०९-०४, शुक्रबार


आज कलेजद्वारा बि.बि.एस. प्रथम वर्षमा अध्यनरत नवआगन्तुक विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम आयोजना गरियो । कार्यक्रममा एञ्जल्स् हार्ट एजुकेशन फाउण्डेशनका कार्यकारी अध्यक्ष श्री लिल बहादुर पुन, प्रमुख अतिथि सिद्धार्थ बैंकका सिनियर D.G.M श्री शेर बहादुर बुढाथोकी र कलेज प्रिन्सिपल प्रा. डा. श्री लोकेन्द्र शेरचन ज्यूले विद्यार्थीहरुलाई कलेजको सिस्टम र संक्षिप्तमा विश्वविद्यालयको पढाइ साथै उज्जवल भविष्यको बारेमा आफ्ना अनुभवलाई सुनाउदै महत्वपुर्ण भनाइ राख्नु भयो ।
विद्यार्थी भाइबहिनीहरुले कार्यक्रम अत्यन्तै फलदायी भएको र आउँदा दिनहरुमा career counseling सम्बन्धि यस्ता अन्य कार्यक्रमहरु आयोजना गर्दै जानुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रम एञ्जल्स् हार्ट एजुकेशन फाउण्डेशनका कार्यकारी अध्यक्ष श्री लिल बहादुर पुनको अध्यक्षता र कार्यक्रम संयोजक श्री दिल बहादुर बुढाथोकीको सञ्चालनमा सम्पन्न गरियो ।

orn coll

- कलेज प्रशासन